मकवानपुरमा १५८५ उम्मेदवारीले बझाएनन् निर्वाचन खर्च
मकवानपुर । मकवानपुरमा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा होमिएका विभिन्न राजनीतिक दलका १ हजार ५८५ जना उम्मेद्वारहरुले निर्वाचन खर्च बुझाएका छैन ।
निर्वाचन कार्यालय मकवानपुरका अनुसार, गत बैशाख ३१ गते मकवापुरको १० स्थानीय तहमा ५३० पदको लागि १ हजार ९३१ जनाले उम्मेदवारी दिएका थिए । जसमा ३४६ जनाले मात्रै कानून बमोजिम निर्वाचन खर्चको विवरण पेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
निर्वाचनको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । कानुनी व्यवस्थाको बेवास्ता गर्दै मकवानपुरका १ हजार ५८५ जना उम्मेद्वारले निर्वाचन खर्च बिवरण पेश नगरेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
निर्वाचन खर्च आयोगले तोकेको समयमा नबुझाएपछि भदौ १ गते बुधबार सुचना जारी गरी उम्मेद्वारलहरुलाई ७ दिनभित्र स्पष्टीकरण माग गरेपनि मकवानपुरमा थोरै सङ्ख्यामा मात्रै आएको छ । निर्वाचन कार्यालय मकवानपुरका अनुसार सोमबारसम्म ३० जनाको मात्रै स्पष्टीकरण पेश गरेको छ ।
