उम्मेदवारले चुनावी खर्चका लागि व्यक्ति तोक्नुपर्ने

तु खबर संवाददाता
२०७९ भाद्र ६, सोमबार १५:५९

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको उम्मेदवारले चुनावी खर्चका लागि पदाधिकारी तोक्नुपर्ने भएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता अनुसार, प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेको छ ।

स्थानीय तह निर्वाचनका उम्मेदवारको हकमा पनि यो आचारसंहिता लागू गरेको थियो । यस्तै, निर्वाचनमा खर्च गर्ने रकम राख्न बैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्ने प्रस्ताव पनि आयोगले गरेको छ । यस्तै, २५ हजारभन्दा बढी आर्थिक सहयोग बैंक खातामार्फत लिनुपर्ने प्रस्ताव पनि आयोगले गरेको छ ।