नेपाली कांग्रेसका नेता गिरिको निधन

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार ०८:४८

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसदसमेत रहेका नेता गिरीको शनिबार राति ९ः३६ मा निधन भएको हो ।

कांग्रेसका नेता तथा समाजवादी चिन्तकसमेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।

उनी २०१७ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा थिए ।