सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षबिहीन
काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार बसेको बैठक निष्कर्षबिहीन बनेको हो ।
बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षबिहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार, हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।
