नेपाली कांग्रेसको निर्वाचन केन्द्रित अभियान सर्‍यो

तु खबर संवाददाता
२०७९ श्रावण २८, शनिबार १५:३४

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । आगामी भदौ २ गतेदेखि २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो । भदौ १० गतेदेखि सुरु भए पनि अभियान २४ गते नै सकिनेछ । भदौ महिनामै पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोले निर्वाचित केन्द्रित कार्यक्रमलाई छोट्याइएको जनाइएको छ । कांग्रेसका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम ३० र ३१ गते हुँदैछ ।