कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको छ । शनिबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
उक्त बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने उनको भनाइ छ । कांग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा १०० सिट पाउनुपर्ने अडान लिँदै आएको छ । तर, गठबन्धनभित्र दलहरुले आफ्नो तर्फबाट दाबी प्रस्तुत गर्दैगर्दा कांग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने उनको भनाइ छ ।
