मगर संघ मकवानपुरको अधिवेशन आजबाट

तु खबर संवाददाता
२०७९ श्रावण २७, शुक्रबार ०९:३१

मकवानपुर । नेपाल मगर संघ मकवानपुर जिल्ला समन्वय समितिको जिल्ला अधिवेशन आजबाट सुरु हुने भएको छ । संघको १३ औं जिल्ला अधिवेशन आज र भोलि हेटौंडामा हुने भएको हो ।

संघका अध्यक्ष होमबहादुर मगरले दुई दिन हुने जिल्ला अधिवेशनको तयारी पुरा भएको समेत बताएका छन् । उनले मकवानपुरका दश वटै स्थानीय तहका ३/३ जना गरी प्रतिनिधि ४५ जना गरी अधिवेशनमा ३ सय जनाको सहभागिता हुने जानकारी गराएका थिए । केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख अतिथ्यतामा हुने अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । विधान अनुरुप २५ सदस्यीय बन्नेछ जसमा ६ जना मनोनित सदस्य गरिने बताईएको । २०६८ को जनसंख्या अनुसार जिल्लामा मगरहरुको जनसंख्या १८ हजार रहेको छ ।