सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

तु खबर संवाददाता
२०७९ श्रावण २३, सोमबार ०९:३६
file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । बैठक बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् ।