बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेबाट सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार, बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता रहेको छ ।
