आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारियो

तु खबर संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १०:१३
file photo

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्वर ४ गोदाम चौरमा आज बिहान साढे ७ बजेको समयमा राँगाले आतंक मच्चाएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, सो क्रममा मानविय क्षति भने भएको छैन। बाँकेबाट ल्याइएको राँगो नियन्त्रणबाहिर गएर सर्वसाधारणलाई दुःख दिएपछि गोली हानेर मारिएको हो । उक्त राँगोले आज बिहान गोदाम चौरको बस्तीमा आतंक मच्चाएको थियो ।