जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट १५६ वटा मुद्दा फर्स्यौट

तु खबर संवाददाता
२०७९ श्रावण ४, बुधबार १९:००

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न प्रकृतिका १५६ वटा मुद्दा फर्स्यौट गरेको छ । प्रशासनले आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न प्रकृतिका १५६ वटा मुद्दा फर्स्यौट गरेको हो ।

प्रशासनमा गत आवमा दर्ता भएको १४९ मुद्दा र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दामध्ये १५६ वटा फर्स्यौट भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रशासनका अनुसार, बााकी २९ वटा मुद्दा भने चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ ।
कार्यालयमा कालो बजारी, अभद्र व्यवहार, जुवातास तथा सार्वजनिक अपराधका घटना लगायतका विषय सम्बन्धी मुद्दा दर्ता भएका थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आर्थिक वर्ष २०७८/७९ मा ५३ नयाँ संस्था दर्ता भएका छन् भने ३०७ संस्था नवीकरण भएका छन् ।
कार्यालयले २ वटा पत्रपत्रिका दर्ता गरी सञ्चालनको अनुमतिसमेत दिएको छ ।