भारतीय दूतावास सुरक्षाकर्मीको मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो

तु खबर संवाददाता
२०७९ असार २०, सोमबार १७:१२
file photo

काटमाठौं । भारतीय दूतावासभित्र सुरक्षाकर्मीको मृत्यु प्रकरणको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालले भारतीय सुरक्षाकर्मी राम अधिकारीको मृत्यु गोली लागेर (बुलेट इन्जुरी) भएको रिपोर्ट दिएको हो ।

३२ वर्षीय अधिकारीले आफैलाई हानेको गोली चिउँडो भन्दा माथिल्लो भागमा लागेको प्रहरी स्रोतको भनाइ छ । भारतको उत्तराखण्ड घर भएका अधिकारीले सोमबार बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेको खुलेको छ ।