गाँजासहित मकवानपुरबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ असार २०, सोमबार ०९:०५

मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्वर ५ कुत्तासिङबाट करिब ३ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका–८ बस्ने ४८ वर्षीय मधु प्रसाद चौहान रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । चैनपुरबाट मनहरीतर्फ आउँदै पैदल आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्दा सो परिमाणको गाँजा बरामद भएपनि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।