आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । मौसम विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाका अनुसार, बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
यस्तै, देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । प्रदेश १ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।
