सप्तकोशीमा पानीको बहाव बढेपछि २४ वटै ढोका खोलियो

तु खबर संवाददाता
२०७९ असार १५, बुधबार १९:४०
file-photo

काठमाडौँ । अविरल बर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन रहन आग्रह गरिएको छ ।