आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ असार १२, आईतवार ०९:३९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहानैदेखि देशभर पानी परिरहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो ।

आज दिनभर पहाडी भू–भागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविदले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।