हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
खोटाङ । खोटाङमा हजुरआमाको हत्या गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भई हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्या गरेको आरोपमा आफ्नै नाति हरि खड्कालाई पक्राउ गरेको हो ।
गत स्थानीय तह निर्वाचनको बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको आरोपमा पक्राउ गरेको हो । घटनापछि सम्पर्कविहीन बनेका हरिलाई जिल्ला प्रहरी कार्यालय खोटाङले भारतको सिलगढीबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
