नाबालिकालाई अपहरण गरी करणी गरेको आरोपमा एक जना पक्राउ
२०७९ असार ८, बुधबार ०९:४२
बारा । एक नाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, अन्सारीले ती बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबरजस्ती करणी गरेका थिए । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
