नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेनस) को प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१० का २५ वर्षीय सुजित खड्का रहेका छन् ।
खड्कालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिढोकास्थित यातायात व्यवस्था कार्यालय, चाबहिलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनी डोलकुमार थापाको सट्टामा सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए । नागरिकताको प्रमाणपत्रमा भएको फोटो र मान्छे फरक पाएपछि प्रहरीलाई खबर गरिएको थियो । सो खबर पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२५ को लिखत सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ ।
