देशभरका २४३४ जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७९ असार ४, शनिबार १६:५९
file-photo

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४३४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा र ९४४जनाको एन्टिजेन परीक्षण गर्दा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १०४ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार २७८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।