पहिराले बगाउँदा दुई जना बेपत्ता

तु खबर संवाददाता
२०७९ असार ३, शुक्रबार ०८:३४

काठमाडौं । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । गएराति वर्षासँगै आएको पहिरोमा पुरिएर स्थानीय तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बेपत्ता तुलसा र यशोदा सासुबुहारी हुन् ।

प्रहरीका अनुसार, यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिराले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशु चौपायासमेत पुरेको बताइएको छ । बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको जनाइएको छ ।