ब्राउन सुगरसहित २ युवा पक्राउ
झापा । प्रहरीले झापाबाट ८ ग्राम ५२ मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१२ हापाडाँगी बस्ने २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरीले मेचीनगर नगरपालिका–१२ हापाडाँगीबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले सुरज मेचेको साथबाट लागुऔषध ब्राउन सुगर, नगद ७३ हजार रुपैयाँ, १ थान मोबाइल र घरबाट १ थान डिजिटल मिनी तराजु बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
