बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ ३०, सोमबार १७:३१

काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नम्वर १२ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नम्वर १२ बस्‍ने ५६ वर्षीय डल्ले कामी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले धुम्बाराहीबाट पक्राउ गरेको हो । उनलाई २०७७ साल मंसिर २३ गते उच्च अदालत पाटनको फैसलाले १० लाख ५० हजार जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो । पक्राउ परेका उनमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।