मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पुनः खुलाल

तु खबर संवाददाता
२०७९ जेष्ठ ३०, सोमबार ०९:३४
file-photo

मकवानपुर । मदन भण्डारी फाउण्डेसन जिल्ला शाखा मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन भएका छन् । आइतबार हेटौंडामा सम्पन्न फाउण्डेसन मकवानपुरको तेसो अधिवेशनबाट खुलालको अध्यक्षमा १६ सदस्यीय समिति गठन गरेको हो ।

यस्तै, फाउण्डेसनको उपाध्यक्षमा आशाकाजी श्रेष्ठ, सचिवमा बोलबहादुर कार्की, उपसचिवमा शिवहरी दाहाल, कोषाध्यक्षमा चन्द्रावती पनेरु अधिकारी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः मुकुन्द अधिकारी, उत्तम न्यौपाने, डलसी प्र न रिजाल, किसन घिसिङ, कुमार केसी, रवि रेग्मी, धर्म बस्नेत, राधिका चौंलागाई, सानु लामा, गोकर्ण तिवारी र विवश अधिकारी रहेका छन् ।