१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १६:३७
सांकेतिक तस्बिर

काठमाडौं । ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका २३ वर्षीय मिलन परियार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, परियारले गत जेठ १४ गते साँझ ती किशोरीलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ । घटनाबारे जानकारी प्राप्त हुने वित्तिकै प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।