१६ महिने छोरी हत्याको आरोपमा किशोरी आमा पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २५, बुधबार १५:१३

काठमाडौं । दाङमा १६ महिनाकी छोरी हत्या गरेको आरोपमा प्रहरले एक किशोरी आमा पक्राउ गरेको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नमवर ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार बिहान ४ बजेतिर किशोरीले आफू शौचालय गएका बेलासँगै सुतेकी छोरी हराएको भनी परिवारका सदस्यलाई बताएकी थिइन् । त्यसपछि उनको घरमा पुगेको इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले सोधपुछ गर्दा आफूले सेप्टिक ट्याङ्कीमा खसालेको स्वीकार गरेको जनाइएको छ ।

किशोरीले आफ्नो दूध नआएको र छोरी रोइरहेपछि सेप्टिक ट्याङ्कीमा हालेको प्रहरीले जनाइएको छ । शिशुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिनुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।