थप २८ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १६:४०
file-photo

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४७६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०७ जना होम आइसोलेसनमा रहेका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५०९ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।