बैंकिङ कसुर मुद्दामा फरार सुब्बा र श्रेष्ठ पक्राउ
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार दुईजना महिलालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान घर भएकी ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक घर भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी छन् ।
बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले कविता सुब्बालाई १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला गरेको छ । लिना श्रेष्ठलाई १५ दिन कैद र ५४ लाख जरिवाना हुने फैसला गरेको छ ।
