हत्याको आरोपमा एक जना पक्राउ
बाँके । बाँकेमा वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार राति नेपालगञ्ज–१८, कारकाँदोकी ७० वर्षीया लिलावति गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय शिव भन्ने कुमार बुढईलाई पक्राउ गरेको हो ।
बाँके प्रहरीका अनुसार, सामान किन्ने विषयमा भएको विवादका कारण वृद्धालाई कुटपिट गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो । कुटेर फरार भएका बुढईलाई गएराती नै नेपालगञ्ज –१५ को जमुनाहबाट पक्राउ गरेको हो ।
