मुगुमा आगलागीबाट २ घर जलेर नष्ट

तु खबर संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १५:३८

मुगु । मुगु जिल्लाको खत्याड गाउपालिका–४ पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट भएको छ । मंगलबार बिहान भएको आगलागीबाट खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार, आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको छ । आगलागीको जानकारी पाउनासाथ प्रहरी चौकी माझचौरबाट सुरक्षाकर्मीको टोली घटनास्थल पठाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।