बिहीबार १८ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १६:५३
file-photo

काठमाडौं । आज साताको पाँचौ अर्थात शेयर कारोबारको चौथो दिन नेप्से परिसूचक १८ अंकले घटेको छ । बुधबार ७.२१ अंकले घटेर २१३०.७१ मा पुगेको नेप्से आज १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा पुगेको हो ।

नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेका सबै सूचक राताम्य भएका छन् । म्युचुअल फण्ड समूहको आज ०.०२ रुपैयाँले बढ्न पुगेको छ ।