बागमती प्रदेशः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
प्रदेश प्रमुख शर्माले नीति तथा कार्यक्रम पेश गरेपछि मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले त्यसलाई सदनमा टेबुल गर्नेछन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।
