जबरजस्ती करणीको आरोपमा एक पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ १६, सोमबार ०९:११
सांकेतिक तस्बिर

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ वर्षीय श्यामबहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेका थिए । करणी गरेर फरार रहेका उनलाई दोस्रो दिनमै प्रहरी चौकी पुर्वखोला र जिल्ला प्रहरी कार्यालय तानसेनबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।