बागमती प्रदेशसभा बैठकः प्रि बजेटमाथि छलफल हुँदै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि जारी छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक शनिबार बिहान ११ बजेको लागि आह्वान गरिएकोमा आधा घण्टा ढिलो गरी सुरु भएको हो ।
शुक्रबारदेखि सुरु भएको अधिवेशनमा २ वटा बैठकहरू सञ्चालन भएका थिए । शुक्रबारको पहिलो बैठकमा दलगत रुपमा नेताहरुले संसदमा सम्बोधन गरेका थिए भने सरकार सञ्चालनको क्रममा ल्याइएको ५ वटा अध्यादेशहरू पेश गरिएको थियो ।
त्यस्तै शुक्रबारको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सैद्धान्तिक र प्राथमिकता (प्रि बजेट) प्रस्ताव प्रस्तुत गरेका थिए । अहिले जारी बैठकमा प्रि बजेटमाथि छलफल भइरहेको छ । दलगत रुपमा सांसदहरुले प्रि बजेटमाथि धारणा राखिरहेका छन् ।
