स्थानीय निर्वाचनमा गठबन्धन दलहरुले सत्ताको चरम दुरुपयोग गरे–अष्टलक्ष्मी शाक्य
मकवानपुर । बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् । बागमती प्रदेशसभाको दशौं अधिवेशनलाई आज सम्बोधन गर्दै शाक्यले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्तारुढ गठबन्धनबाट सत्ताको चरम दुरुपयोग भएको बताइन् ।
‘एमाले एक्लैसँग प्रतिस्पर्दा गर्न पनि गठबन्धनका दलहरुले निर्वाचन आचारसंहिता विपरितको काम गर्नुपर्यो ।’ उनले भनिन् ।
उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन् । उनले देशभर उच्च मूल्यवृद्धि भएको बताइन् । उनले देशैभर उच्च मंहगी बढ्दा जनताको दैनिकीमा नै समस्या सृजना भएको बताउँदै केन्द्र सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।
