माओवादीको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने

तु खबर संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १८:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही जेठ २० गते बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्चुअलमार्फत बस्ने नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।

माओवादीले यही १८ र १९ गते देशैभरका स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित भएका जनपतिनिधिलाई प्रशिक्षण दिएलगतै २० गतेका लागि बैठक बोलाएको नेता पोखरेलले बताए । केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता दिनुका साथै पदाधिकारीको समेत टुंगो लाग्ने बताएको छ ।