प्रहरी हिरासतमा मृत भेटिए कुँवर

तु खबर संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १६:११
सांकेतिक तस्वीर

दाङ । इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा रहेका एक जना थुनुवा मृत फेला भेटिएका छन् । कोहलपुर नगरपालिका वडा नम्वर १२ का ४७ वर्षीय कृष्णलाल कुँवर बुधबार बिहान मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका अनुसार, कुँवर थुनुवा कक्ष परिसरकै शौचालयको भेन्टिलेटरमा आफ्नै टिसर्टको पासो लगाई झुण्डिएरको अवस्थामा फेला परेका हुन् । उनी जबरजस्ती करणी आरोपमा गत बैशाख १९ गते पक्राउ परेका थिए । प्रहरीले अदालतमा मिसिल बुझाइसकेको समयमा उनी मृत फेला परेका हुन् ।