आफ्नै आमाको हत्या गरेको आरोपमा सुवेदी पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १८:१३

काठमाडौं । सुनसरीमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१४ विजयपुरकी ४२ वर्षीया शान्त सुवेदीको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरा २५ वर्षीय सौगात सुवेदीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । घाइते शान्तको विराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।