सात वटै प्रदेशमा नेपाली कांग्रेस पहिलो

तु खबर संवाददाता
२०७९ जेष्ठ ८, आईतवार ०८:५८

काठमाडौं । स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक भएको छ । शनिबारसम्मको मतगणना परिणाम अनुसार, देशभरका सबै प्रदेशमा नेपाली का)ग्रेस ठूलो दल बन्ने भएको छ । कांग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।

यस्तै, हालसम्मको तथ्याङ्क अनुसार, मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा कांग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा भने ३६ प्रतिशत स्थानीय तहमा मात्रै कँंग्रेसले जित हात पारेको छ । सबै प्रदेशको स्थिति हेर्दा नेकपा (एमाले) दोस्रो ठूलो दल बन्ने देखिएको छ ।

शनिबार सम्मको घोषणाअनुसार एमालेले गण्डकी प्रदेशमा सबैभन्दा बढी ४२ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । गण्डकी प्रदेशमा कांग्रेस र एमालेले जित्ने स्थानीय तहको प्रतिशत ४२/४२ प्रतिशत बराबर छ ।