मतपेटिका लुटेर भागेका बैठा प्रहरीको नियन्त्रणमा
काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन रौटहट जिल्लाको यमुनामाई गाउँपालिका– २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका एक जनालई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई नियन्त्रणमा लिएको हो ।
बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका बैठामाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।
