उदयपुरको कटारीमा ८ राउण्ड हवाई फायर

तु खबर संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार १९:१६

उदयपुर । उदयपुरको कटारीमा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । कटारी नगरपालिका–१० स्थित जनता कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको समय सकिएपछि विवाद हुँदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन् । मतदान सकिएपछि बुथमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको जनाइएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।