दोलखाको दुई स्थानमा मतदान स्थगित

तु खबर संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार ०९:५८
file-photo

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको दुई छुट्टछुट्टै स्थानमा मतदान स्थगित भएको छ । जिल्लाको वैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिका वडा नम्वर ४ मा मतदान स्थगि भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार, जिल्लाको वैतेश्वर गाउँपालिकामा मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको हो । यस्तै, मेलुङ गाउँपालिकाको वडा नम्वर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ ।

दुई स्थानमा गरी जम्मा १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए । दुबै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ ।