मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २८, बुधबार १८:२८

पर्सा । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको वीगञ्‍ज महानगरपालिका–११ बस्‍ने २० वर्षीय आकाश गिरी रहेका छन् ।

उनले बाराको विश्रामपुर गाउँपालिका–५ बस्‍ने २९ स्थित लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्वरको कालो रातो रंगको मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका गिरीलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।