बुधबार ५६ अंकले बढ्यो शेयर बजार
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । मंगलबार ४४ दशमलव १६ अंकले बढेको नेप्से परिसचूक आज ५६ अंकले बढेको हो । आज नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले बढेर इन्डेक्स २३६९ दशमलव ०६ विन्दुमा पुगेको छ ।
आज नेप्समा सूचीकृत २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो समयका केही दिनयता एक अर्बभन्दा माथि कारोबार रकम उक्लिन नसक्दा आज नेप्से बढेसँगै कारोबार पनि केही बढेको छ । यसअघि मंगलबार नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनेबच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँको कारोबार भएको थियो ।
