निर्वाचन आयोगले दुई दिन मतदाता शिक्षा दिने

तु खबर संवाददाता
२०७९ बैशाख २८, बुधबार १०:०३
file-photo

काठमाडौं । निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको छ ।

आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिउनेछ । स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट नै मौन अवधि सुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् ।

यसको अनुगमनको लागि आयोगले अनुगमन टोली खटाइसकेको छ । अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरित काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोली खटाएको छ ।