बुधबारबाट विद्यालय ६ दिन बन्द हुने
काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज (बुधबार) बाट ६ दिन बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै विदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट विदा भएको हो ।
शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए । हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन्। करिब ८ हजार निजी विद्यालय छन्। सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ ।
