लागूऔषधसहित युवक पक्राउ
भक्तपुर । भक्तपुर त्रिपुरासुन्दरीबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका राजुबाट प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको छ । प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित उनलाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
