जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २७, मंगलवार १६:५५

उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका वडा नम्व ६ बस्ने २६ वर्षीय गणेश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरदे जनाएको छ ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले बैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । राईलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले सोही नगरपालिका–६ फक्टपुरबाट सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।