‘चुनावमा बाकस खाली गरेपछि मात्रै कांग्रेस, एमाले र माओवादी सुध्रिन्छन्’
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताएका छन् । अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लागेपनि उनीहरु सुध्रिन सबै मिलेर चुनावमा बाकस खालि गरिदिनुपर्ने बताएका हुन् ।
उनले आइतबार हेटौंडा आयोजित चुनावी सभामा राजेन्द्र लिङ्देनमात्र सुध्रेर नहुने बताउँदै कांग्रेस, एमाले र माओवादी पनि सुध्रन जरुरी रहेको जिकिर गरेका हुन् । उनले भने, ‘यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसके । उहाँहरू कति ठूलो भ्रममा हुनुहुन्छ ।’ उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै उनले तीन तहको निर्वाचनलाई देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए ।
उनले कांग्रेसको महाधिवेशनमा आफूले शीर्ष नेताहरूलाई सुध्रन पर्ने भनेर सुझाव दिँदा उल्टै जाइलागेको गुनासो गरे । उनले आफूले भनेको कुरा मनन गर्नुको साटो उल्टै ठोकुँला झैँ गरेको बताए ।
