थप १४ जना कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ बैशाख २४, शनिबार १५:५३
file-photo

काठमाडौं । देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय १६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा एक हजार ४ सय २० जनाको पीसीआर र एक हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २०५ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २१ जना संक्रमणमुक्र भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।